Home / Society / बुटवल नगरपालिका द्वारा बिहीबार राती देखि लागु हुनेगरी एक हप्ते लकडाउन

बुटवल नगरपालिका द्वारा बिहीबार राती देखि लागु हुनेगरी एक हप्ते लकडाउन

बुटवल: कोराना सङ्क्रमणले समुदायस्तरमा समेत उच्च जोखिम बढाएपछि बुटवलमा आज देखि लकडाउन हुने भएको छ।

बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएकै दिन बुटवल उपमहानगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णयमा पुगेको हो।

आज रातिदेखि बुटवलमा कडाइका साथ लकडाउन गर्ने निर्णय गरिएको हो । सङ्घीय सरकारको मापदण्ड तथा जिल्ला प्रशासनको छलफल र सहकार्यसँगै यस्तो निर्णय गरिएको बुटवल नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार आकस्मिक आउजाउ गर्न बाहिर जान र बुटवल आउनका लागि बिहीबार राति १२ बजेसम्म समय दिइएको बताउनुभयो।
लकडाउनमा अबधिभरी अत्यावश्यकबाहेक अरु सबै ठप्प हुनेछन।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *