काठमाडौं । सरकारले गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
हालका अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा डेपुटी गभर्नर बनेका अधिकारीलाई गभर्नर नियुक्ति गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।
अर्थमन्त्री खतिवडाको संयोजकत्त्वमा बनेको गभर्नर सिफारिस समितिले अधिकारीसहित अहिलेका कामु गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वअर्थसचिव राजन खनाललाई सिफारिस गरेको थियो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका अधिकारी यसअघि पनि गभर्नर सिफारिसमा परेका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषदले चिरञ्जीवी नेपाललाई गभर्नर बनाएको थियो ।
दोस्रोपटकको सिफारिसमै अधिकारी गभर्नर बन्न सफल भएका हुन् ।






