काठमाडौं: नेपालमा कोरोना भाइरस संक्रमीतको संख्या २३ हजार ९ सय ४८जना पुगेको छ। जस मध्धे ८३ जनाले ज्यान गुमाएका छ्न भने १६ हजार ६ सय ४ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।
गत २४ घन्टामा ६३८ जना नयाँ संक्रमीत थपिएका छ्न भने ४ जनाको मृत्युु भएको छ।
यस्तै गरेर हालसम्म विश्व भरिमा २ करोड ४ लाख ८७ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण भएको छ , यसमध्ये १ करोड ३४ लाख ६हजार ८ सय ३६ जना निको भएर घर फर्किसकेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ७ लाख ४३ हजार ८ सय १२ पुगेको छ ।
कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ जहाँ १ लाख ६७ हजार ५ सय ९ जनाको ज्यान गएको छ।
भने दोस्रो ब्राजिलमा १ लाख १ हजार ३सय ३४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






