राजबिराज: सिराहाका र सप्तरीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिराहाको सुखीपुर नगरपालिका वडा नम्बर ९ मा २१ देखि ४२ बर्स उमेर समुहका ७ जनामा र वडा नम्बर २ मा २५ वर्षका पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका
वडा नम्बर ६ का ४ जनामा कोरोना संक्रमण पुष्टि भएको गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजले जनाएको छ ।






