बिरगंज: वीरगञ्जमा मृत्यु भएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सनिवार बिहान उपचारका क्रममा मृत्यु भएकी २० वर्षीया युवतीमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजिटिभ आएको हो।
श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि गण्डक अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा अनुसार ती युवतीको सनिवार बिहान सवा १ बजे मृत्यु भएको थियो।






