काठमाडौं: ब्राजिलमा १ लाख ५ सय ७२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने विश्वभरमा ज्यान गुमाउनेको संख्या ७ लाख २९ हजार ५ सय नाघेको छ ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ६५ हजार १ सय ४ जनाको ज्यान गएको छ भने दोश्रो ब्राजिल र तेस्रो भारत रहेको विश्व स्वास्थ संगठनले जनाएको छ।
हालसम्म विश्व भरिमा संक्रमितको संख्या १ करोड ९८ लाख ३० हजार भन्दा बढिमा कोरोना संक्रमण देखिसकेको छ।
यसमध्ये १ करोड २७ लाख २०हजार भन्दा बढि निको भएर घर फर्किसकेका छन् ।
नेपालमा २२ हजार ५ सय ९२ जना संक्रमीत मध्धे ७३ जनाले ज्यान गुमाएका छ्न भने १६ हजार ३ सय १३ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ। बिगत २४ घन्टामा नेपालमा ३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छ्न।






