Home / Sports / लाफा स्पोर्ट्स क्लबका पुर्ब क्याप्टेन ब्रजेश मगरद्वारा विभिन्न खेलकुद सामग्री वितरण

लाफा स्पोर्ट्स क्लबका पुर्ब क्याप्टेन ब्रजेश मगरद्वारा विभिन्न खेलकुद सामग्री वितरण

काठमाडौं । लाफा स्पोर्ट्स क्लबका पुर्ब क्याप्टेन ब्रजेश मगरले क्लबलाई विभिन्न खेलकुद सामग्री प्रदान गरेकाछन ।

दक्षिण कोरियामा रहेका मगरले क्लबको चौतर्फी विकासको निम्ति भन्दै सो सामग्री प्रदान गरेका हुन ।

आफुले रहर र चाहना हुदा हुँदै फूटबल, जर्सी, बूट लगायतका सामग्रीकै अभावमा फूटबल खेल छोड्नु परेकोले पनि नयाँ पुस्ताका खेलाडीहरुले यस्तो कठिनाइ भोग्नु नपरोस् भनेर यस्तो सामग्री वितरण गर्दै आएको न्युजडोकोसँगको कुराकानीको क्रममा उनले बताए ।

पुर्व क्याप्टेन ब्रजेश मगरले पठाउनु भएका सामग्रीहरुकासाथ क्लबका खेलाडीहरु ।

मोरङको लेटाङ २ मा रहेको क्लबले आफ्नो मैदानमा फूटबल, क्रीकेट तथा भलिबलको प्रशिक्षण तथा प्रतियोगिताहरु नियमित रुपले संचालन गर्दै आएको छ ।

पछिल्लो समय आर्थिक समस्यामा पर्दै आए पनि पुर्ब खेलाडीहरुको नियमीत सहयोगले क्लबमा आवद्ध खेलाडीहरुमा हौसला मिलेको अध्यक्ष संतोष एकचाईले बताए ।

उनले कोरोना महामारीका बीच पनि आफ्ना नियमित प्रतियोगिताहरुलाई कसरी संचालन गर्ने भन्ने बिषयमा समेत सरोकारवालाहरुसँग छलफल भैरहेको जानकारी दिए ।

लाफा स्पोर्ट्स क्लबका पुर्ब क्याप्टेन ब्रजेश मगर
Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *