संखुवासभा: संखुवासभाको सिलिचुङमा पहिरोले पुरिएर ११ जना बेपत्ता भएका र सयौ घरहरू बिस्थापित भएकाछ्न।
लगातारको वर्षाको कारण बाढी र पहिरोको जोखिम भइरहेकाले तीनओटै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जिल्ला प्रसासन कार्यलय संखुवासभाले जनाएको छ।
पहिरोमा परेर हराइरहेका सबै ११ जनाको खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताउनुभएको छ।
उहाँले जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको स्थानीय सुरक्षाकर्मीबाट खोजी भइरहेको समेत जानकारी दिनुभएको छ।
बाढी र पहिरोबाट धनजनको क्षति कम गर्न स्थानीय विपद् व्यवस्थापन समितिमार्फत र क्षतिको विवरण संकलन गर्ने काम स्थानीय निकायमार्फत भइरहेको जनाइएको छ।






