Home / Politics / बिहिबारदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने

बिहिबारदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने

काठमाडौं । नेपालमा बिहिबारदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ । गृह मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलन नदिन निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले दिएको जानकारी अनुसार जोर विजोरसँगै बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म सार्वजनिक सवारीका साधन पूर्ण रुपमा बन्द गरिनेछ ।

उपत्यकाका तीनवटै जिल्लामा र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जिल्लाका सवारी साधनमा जोर विजोर प्रणाली लागू हुनेछ ।

सरकारले असार २६ गतेबाट जोर विजोर हटाएर काठमाडौँ उपत्यकाका तीन जिल्ला र बाहिर जिल्लाभित्र सार्वजनिक सवारीका साधनलाई चल्न दिने निर्णय गरेको थियो । भदौ १ देखि लामो दुरीका सवारी साधन चलाउने तयारी भईरहेका बेला पुनः जोर विजोर प्रणाली लागू भएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *