काठमाडौ : आज रोपाईं जात्रा असारको महिना धानको रोपाइ गरी सके पछी मनाइन्छ।
विशेष गरि काठमाडौ उपत्यका नेवार संस्कृतिबाट सुरू भएको जात्रा मान्ने गरिन्छ।
रोपाईं जात्रालाई कर्णाली अञ्चलका जिल्लाहरूमा चोपाइ भनिन्छ।
स्थान अनुसार यसलाइ फरक फरक नामले चिनिने गरिन्छ।
धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा मनाउने प्रचलन रहे पनि यो प्रचलन हराउदै गएको छ।
यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ।
रोपाइ जात्रामा खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ गित गाउदै मनाउने प्रचलन रहेको छ।
पछिल्लो समय खेती योग्य जमिन मासिदै गएको र रोपाइ पनि मानिसहरू भन्दा उपकरणको प्रयोग धेरै हुन थालेकोले यस्ता जात्रा हरुको महत्व हराउदै जान थालेको छ।
आज रोपाइँ जात्रा ठाउँ अनुसार फरक फरक किसिमले मनाइदै






