काठमाडौ । कान्तिपुर टेलिभिजनले मधेसी समुदायलाई अपमानित गरेको भन्दै ह्वाट द फ्लप नामक टेलिभिजन शोका प्रस्तोता सन्दिप क्षेत्रीलाई कारबाही गरेको छ । साथै मिठाइलाल चरीत्रलाई हटाउन समेत निर्देशन दिएको छ ।
कार्यक्रममा प्रशारण भएको सामग्री प्रती माफी माग्दै टेलिभिजनले अब देखि मिठाइलाल नामक चरीत्र पनि सधैको लागि बन्द गर्ने जनाएको हो ।
टेलिभिजनले प्रस्तोता क्षेत्रीका अलवा कार्यक्रमका प्रोडयुसर तथा सेन्सर हेर्ने कर्मचारीलाई समेत केही समय निलम्बन गरेको थियो ।
सामाजिक अभियान्ता डा. सरद सिंह यादव, पत्रकार बिपि साह लगायतले राष्ट्रिय एकता र नेपाली समाजलाई बिभाजनको दिशामा लाने यस्ता कार्यक्रम बन्द गर्न माग गरेका थिए ।
प्रदेश २ सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले समेत संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखेका थिए ।
सो पत्रमा उनले गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, प्रेस काउन्सिललगायत विभिन्न निकायलाई बोधार्थ दिइएको पत्रमा टेलिभिजनमा प्रशारित सामग्री प्रति आपत्ति जनाइएका थिए ।
साथै, ‘ह्वाट द फ्लप, का अलवा जोगिन्दर बोले प्रणामजीलगायतका कार्यक्रम समेत बन्द गर्नुपर्ने माग गरिएको थियो ।







