काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार २ सय ६६ पुगेको छ । हिजो नौजना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार २ सय ६६ पुगेको हो ।
हालसम्म ३ हजार ८ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै ११ सय ६ जना छन् ।
यस्तै अछाममा ६६७, बैतडीमा ३०९, बझाङमा १७४, बाजुरामा ४४९, डडेलधुरामा ३०१ दार्चुलामा २२, डोटीमा ७१५ र कञ्चनपुरमा ५२३ जनामा संक्रमण देखिएको छ ।
प्रदेशभर २ हजार ८ सय ७२ जना अझै क्वारेन्टिनमै रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।






