Home / Nepal / सुन भनेर बरामद गरिएको १५ किलो मध्ये साढे १४ किलो नक्कली

सुन भनेर बरामद गरिएको १५ किलो मध्ये साढे १४ किलो नक्कली

काठमाडौं । काठमाडौंको कमलादीबाट सुन भनेर बरामद गरिएको १५ किलो पहेंलो धातुमध्ये आधा किलो मात्र सुन भएको खुलेको छ । 

सुन भनेर बरामद गरेको उक्त पहेंलो धातु साढे १४ किलो नक्कली सुन रहेको प्रहरीले जनाएको छ । १५ किलोमध्ये ५ सय ग्राम सुन र साढे १४ किलो चाँदीमा सुनको जलप लगाएको पाइएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले भने, “सुन भनेर ठग्नका लागि चाँदीमा जलप लगाएको हुनसक्छ । व्यक्ति कोही पक्राउ परेका छैनन् । पक्राउ परेपछि थप रहस्य खुल्नेछ ।”

काठमाडौंबाट १५ किलो सुन र हतियार बरामद

आज बिहान कमलादीस्थित कृष्ण पाउरोटी चोकमा सवारी जाँचका क्रममा बा.६च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा गाडी नरोकेर गाडीमा सवार व्यक्तिले झोला फालेर फरार भएका थिए । झोलामा प्रहरीले १५ किलो सुनजस्तो देखिने धातु र दुईथान पेस्तोल बरामद गरेको थियो । पेस्तोलसँगै दुईथान म्याग्जिन पनि बरामद भएको थियो ।

सुनजस्तो देखिएको धातुको परीक्षणका क्रममा आधा किलो मात्रै सक्कली र अरु सबै चाँदीमा सुनको जलप लगाएको पाइएको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *