Home / World News / भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ३५ हजार कट्यो

भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ३५ हजार कट्यो

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ३५ हजार ४५३ पुगेको छ । सोमबार एकै दिन भारतमा ४९ हजार ९३१ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

हालसम्म भारतमा कोरोना संक्रमणका कारण ३२ हजार ७७१ को मृत्यु भइसकेको छ । सोमबार मात्रै ७०८ कोरोना संक्रमितको मृत्यु भएको छ । 
 
भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको छ । 

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *