Home / World News / भारतमा एकैदिन ४८ हजार ६६१ संक्रमित थपिए, धेरै संक्रमित हुने तीन देश भित्र पर्यो

भारतमा एकैदिन ४८ हजार ६६१ संक्रमित थपिए, धेरै संक्रमित हुने तीन देश भित्र पर्यो

काठमाडौं । भारतमा आइतबार ४८ हजार ६६१ कोरोना संक्रमित थपिएका छन् । यसअघि शनिबार ४८ हजार ९१६ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै ४९ हजार ३१० कोरोना संक्रमित थपिएका थिए । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ८५ हजार ५२२ पुगेको छ । 

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३२ हजार ६३ पुगेको छ । 

भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको छ । लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढेको हो ।

भारत सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशकोे संख्यामा तेस्रो स्थानमा छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *