Home / Society / बाग्लुङमा पहिरो जाँदा स्काभेटर, ट्याक्टर र टिपर पुरियो, चालक अझै बेपत्ता

बाग्लुङमा पहिरो जाँदा स्काभेटर, ट्याक्टर र टिपर पुरियो, चालक अझै बेपत्ता

काठमाडौं । बाग्लुङ नगरपालिका १ रामरेखास्थित सामुदायिक वन क्षेत्रमा पहिरो जाँदा एउटा स्काभेटर, एक ट्याक्टर र टिपर पुरिएका छन् ।

त्यसका चालकहरु सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक दिपक रेग्मीका अनुसार हताहती भएको आशंका गरिएको छ । तर कति संख्यामा भन्ने खुलेको छैन ।

गएराति गएको पहिरोका कारण अहिलेसम्म नजिक जान सक्ने अवस्था नरहेको उनले बताएका छन् । कतिको संख्यामा हताहती भएको छ भन्ने खुलेको छैन ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *