Home / Nepal / News / इजरायलका प्रधानमन्त्रीका सहयोगीलाई संक्रमण पुष्टि, प्रधानमन्त्री आइसोलेसनमा

इजरायलका प्रधानमन्त्रीका सहयोगीलाई संक्रमण पुष्टि, प्रधानमन्त्री आइसोलेसनमा

इजरायल, १८ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका सहयोगीलाई नोभेल कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री सेल्फ-आइसोलेसनमा बसेका छन् । 

प्रधानमन्त्री नेतान्याहुसँगै सहयोगी रिभका पलुचसँग सम्पर्कमा रहेका प्रधानमन्त्री कार्यालयका अन्य सदस्यहरु पनि सेल्फ-आइसोलेसनमा बसेका छन् । 

प्रधानमन्त्री कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेतान्याहु र अन्य सदस्यहरु पूर्वसावधानीका लागि सेल्फ-आइसोलेसनमा बसेको बताइएको छ । 

इपिडिमियोलोजिस्टहरुले भाइरसको सम्भावित खतराबारे अनुसन्धान गरिरहेको बताएका छन् । स्वास्थ्य मन्त्रालय प्रधानमन्त्रीका निजी चिकितसकसँग सल्लाहमा रहेको र सेल्फ-आइसोलेसन कहिलेसम्म राखिने भन्‍ने निर्णय गरिने विज्ञप्तिमा जनाइएको छ । –सीएनएन 

Leave a Reply

Your email address will not be published. Required fields are marked *