Home / World News / कारोनाको कारण २४ घण्टामा साढे ५ हजारले ज्यान गुमाए

कारोनाको कारण २४ घण्टामा साढे ५ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण साढे ५ हजारको ज्यान गएको छ । २४ घण्टाको अवधीमा ५ हजार ६८२ संक्रमितको ज्यान गएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । यो अघिल्लो २४ घण्टाको भन्दा १०३ ले बढी हो ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ५ लाख ८५ हजार ७२७ को ज्यान गइसकेको छ । संक्रमितको संख्या एक करोड ३६ लाख १६ हजार ५९३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *