Home / Politics / नेपालमा कोरोना भाइरसका १६७ संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका १६७ संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका १६७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६७ संक्रमित थपिएका हुन् ।

आइतबार देशभर ८२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने त्यसअघिल्लो दिन शनिबार ७० जनामा कोरोना भाइरस देखिएको थियो । त्यसैगरी सोमबार १४४ जना र मंगलबार र बुधबार फेरि घटेर ११६ जनामा कोरोना भाइरसको संक्रमित देखिएको थियो ।

कुल कोरोना संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५६ रहेको छ ।

७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । 

पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, कैलाली र बाजुरा रहेका छन् । 

पछिल्लो २४ घण्टामा २१३ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट ११ हजार २४९ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

हालसम्म देशभरबाट ६४ दशमलव ८५  प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । 

पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ४ हजार ९८१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा दुई लाख  हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको  छ ।

काठमाडौंमा तीन हजारको परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको छ ।  

हालसम्म देशभरका २३ हजार ५००  क्‍वारेन्टिनमा रहेका छन् भने ६ हजार ५६ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । 

देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३९ जनाको मृत्यु भइसकेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *