Home / Nepal / काठमाडौंमा आज ७ जना कोरोना संक्रमित थपिए

काठमाडौंमा आज ७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौंमा बुधबार ७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार काठमाडौंमा ७ जना थपिएका जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका चार जनामा कोरोना संक्रमण भेटिएको हो । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका दुई जना र त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना देखिएको उनले जानकारी दिए । 

मंगलबार काठमाडौमा २ जना, सोमबार काठमाडौंका ९ जना संक्रमित थपिएका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *