Home / Nepal / टेलिभिजन शृङ्खला ‘कसौटी जिन्दगी के’ कलाकार पार्थ सम्थानलाई पनि देखियो कोरोना

टेलिभिजन शृङ्खला ‘कसौटी जिन्दगी के’ कलाकार पार्थ सम्थानलाई पनि देखियो कोरोना

एजेन्सी । भारतीय टेलिभिजन शृङ्खला ‘कसौटी जिन्दगी के’ का कलाकार पार्थ सम्थानमा पनि कोरोना संक्रमण देखिएको छ । सम्थान आफैँले इन्स्टाग्राममार्फत यस कुराको जानकारी दिएका हुन् । 

यसबारे जानकारी दिँदै उनले लेखेका छन्,“सामान्य लक्षण देखिएपछि मैले कोरोना परीक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको छ । पछिल्लो २,३ दिनदेखि मेरो नजिक हुनुभएका सबैलाई कोरोना परीक्षणको लागि जान अनुरोध गर्दछु । बीएमसी र डाक्टरसँग दैनिक सम्पर्कमा छु र म घरमै क्वारेन्टिनमा बसिरहेको छु, सबैमा धन्यवाद र सुरक्षित रहनुहोला ।”

सम्थानलाई कोरोना  भएसँगै ‘कसौटी जिन्दगी के’ को छायांकन ३ दिनको लागि स्थगित गरिएको छ । भने टेलिशृङ्खलाका सबै टिमलाई सेल्फ क्वारेन्टिनमा बस्न र सम्थानसँग नजिक रहेका केही टिम सदस्यलाई भने परिक्षणका लागि जान सुझाएको छ । लकडाउनपछि उनी जुन २७ गतेदेखि छायाङ्कनमा फर्किएका थिए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *