Home / Politics / नेपालबारे अनर्गल प्रचार गर्ने भारतीय टिभी जी न्युजले माफी माग्यो

नेपालबारे अनर्गल प्रचार गर्ने भारतीय टिभी जी न्युजले माफी माग्यो

काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्माओली र नेपालका लागि चिनियाँ राजदूत होे यान्छीसँग जोडेर बनाइएको प्रचार सामाग्रीलाई लिएर माफी मागेको छ । उक्त टेलिभिजन शुक्रबार माफी मागेको हो । 


केही दिनअघि उक्त टेलिभिजनले ‘ओलीकी इस्किया’ कार्यक्रममार्फत नेपालका प्रधानमन्त्री ओली र चिनियाँ राजदूत यान्छीको चरित्रमै प्रश्न उठ्ने गरी विवादित सामाग्री प्रशारण गरेको थियो । 

उक्त प्रचार सामाग्रीको नेपाल लगायत भारतमा समेत चर्को विरोध भएपछि जी टेलिभिजन माफी माग्न बाध्य भएको हो ।

यता, सोही कार्यक्रमको विषयलाई लिएर नेपालका मल्टी सिस्टम अपरेटहरुले बिहीबार भारतीय समाचार च्यानलहरुमा प्रतिबन्ध लगाएका थिए ।

उनीहरुको कदमलाई नेपाल सरकारले समेत समर्थन जनाइसकेको छ ।

त्यस्तै प्रेस काउन्सिल नेपालले समेत भारतीय प्रेस काउन्सिललाई एक पत्र लेख्दै जी न्युज टेलिभिजनलाई कार्वाहीका लागि पहल गर्न आग्रह गरेको थियो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *