Home / World News / बेलायतमा तीन महिनापछि रेष्टुरेन्टहरु खुल्दै, ५० प्रतिशत छुट अफर

बेलायतमा तीन महिनापछि रेष्टुरेन्टहरु खुल्दै, ५० प्रतिशत छुट अफर

काठमाडौं । बेलायतमा अगस्ट महिनामा रेष्टुरेन्टमा खाने मानिसहरूलाई ५० प्रतिशत छुट दिइने भएको छ । आतिथ्य क्षेत्रलाई सम्हाल्ने सरकारको योजना अन्तर्गत यो व्यवस्था ल्याइएको बताइएको छ । 

बेलायतका अर्थमन्त्री ऋषि सुनकले अगस्टमा यो छुटको फाइदा उठाउन सक्ने बताएका बीबीसीले उल्लेख गरेको छ । यो सुविधा देशभरका रेष्टुरेन्ट, क्याफे र पबले लिनेछन् ।

कोरोना भाइरस महामारीको बीचमा अर्थमन्त्री ऋषि सुनकले देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्ने उपायका रूपमा छुटका रूपमा ‘इट आउट टु हेल्प आउट’ (छुट दिन सहयोग गर्ने) घोषणा गरेका हुन् ।

यो सम्झौता अनुसार यदि मानिसहरू सोमवारदेखि बुधवारसम्म रेष्टुरेन्टमा खाए भने उनीहरूले प्रति व्यक्ति १० पाउन्ड डलर बचाउनेछन् ।

यद्यपि यो छुट मदिरामा लागु हुने छैन । सुनकले आतिथ्य र पर्यटनमा कर छुट गरेर २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको बताएका छन् । यो छुट ६ महिनासम्म लागु हुनेछ । 

बेलायतमा तीन महिनापछि रेष्टुरेन्टहरु शनिबारबाट खुल्दैछन् । अर्थमन्त्रीले रेष्टुरेन्टहरुको खाना सुरक्षित हुने विश्वास व्यक्त गरेका छन् । उनले घर बाहिर जाँदा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् । 

अर्थमन्त्री सुनकले रेष्टुरेन्ट, क्याफे र पब खोल्नुको कारण १.८ मिलियन कामदारलाई फर्काउनु रहेको बताएका छन् । यद्यपि बेलायतमा सरकारको यो योजनाको आलोचना भइरहेको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *