विराटनगर । विराटनगरमा मोटरसाइकलमा लुकाई ल्याउँदै गरेको अवस्थामा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका वडा नम्बर १६ दरैया नजिकै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिइएको प्रहरी टोलीले प्र.१–०२–०४० प ५०२७ नम्बरको मोटरसाइकलबाट लागुऔषध बरामद गरेको हो ।
चेकजाँच गर्दा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ बस्ने वर्ष ३५ को राजु श्रेष्ठले तारको झोलामा लुकाई छिपाई ल्याएको लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट डाइलेक्स डि.सी. १० बोतल, एसपी ७२ चक्की र नाईट्रोभेट १५ चक्की बरामद भएको छ । बन्दाबन्दीको बेला भारतीय क्षेत्रबाट उनले कसरी लागूआषध नेपालतर्फ ल्याए भन्ने विषयमा प्रहरीले अनुसन्धान सुरु गरिएको जनाएको छ ।






