Home / Nepal / ज्याक माले दिएको एक लाख बढी एन-९५ मास्क र २० हजार टेस्टिङ किट नेपाल आइपुग्यो

ज्याक माले दिएको एक लाख बढी एन-९५ मास्क र २० हजार टेस्टिङ किट नेपाल आइपुग्यो

काठमाडौं, १६चैत । अलिबाबा फाउन्डेसनका संस्थापक ज्याक माले दिएका एक लाख बढी एन(९५ मास्क नेपाल आइपुगेको छ।

नेपालस्थित चिनियाँ दूतावासले उक्त सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

ज्याक मा फाउन्डेसनले दिएको सामग्री नेपाल सरकारलाई प्राप्त भएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले सेतोपाटीलाई बताए।

ज्याक माले दिने भनेका अन्य स्वास्थ्य सामग्री पनि क्रमशस् आउने उनले जानकारी दिए।

ज्याक माले दिएका मास्कको मूल्य १० लाख ८४ हजार एक सय ६४ चिनियाँ युआन ९एक करोड ८३ लाख ८४ हजार रुपैयाँ०रहेको छ।

मास्कसँगै ज्याक माले कोरोना परीक्षण गर्ने किट पनि नेपाल पठाएका छन्। उनले पठाएका २० हजार ६४ वटा किट पनि नेपाल आइपुगेका छन्। ती किटको मूल्य ९ लाख १४ हजार ६ सय ९१ युआन ९एक करोड ५५ लाख १० हजार रुपैयाँ० पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *