काठमाडौं । प्यूठान, झापा र बैतडीमा तीनजना मृत अवस्थामा भेटिएका छन् ।
प्यूठान, सरूमारानी गाउँपालिका–१ कालीवनस्थित राप्ती नदीको किनारमा रोल्पा सुनिल स्मृति गाउँपालिका–१ घोडागाउँ बस्ने २२ वर्षीया सरिता नेपाली मृत अवस्थामा फेला परेकी छन् ।
झापा, बिर्तामोड नगरपालिका–३ बिर्ताबजार घर भई हाल अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित डेरा गरी बस्दै मिस्त्री काम गर्ने ३० वर्षीय छत्र राजबंशी सुतेकै स्थानमा मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बैतडी, पुर्चौडी नगरपालिका–७ गिर्जा बगरमा जामडी खोलाले बगाई ल्याएको अवस्थामा नाम, थर, नखुलेकी करिब ३० वर्षीया महिला बिहान मृत फेला परेकी छन् ।






