Home / Society / पिकनिक खान सँगै गएका साथीको हत्या आरोपमा दुई जना जेल चलान

पिकनिक खान सँगै गएका साथीको हत्या आरोपमा दुई जना जेल चलान

स्याङ्जा । आफ्नै साथीको हत्याको आरोप लागेका दुई जनालाई जिल्ला अदालत स्याङजाले पूर्पक्षका लागि जेल जलान गरेको छ ।

गल्याङ नगरपालिका वडा नम्वर ४ का ३२ बर्षीय पदम प्रसाद पाण्डेयको हत्याको आरोप लागेको स्थानीय चन्द्र कान्त न्यौपाने र नाउदेउ न्यौपाने पूर्पक्षका लागि जेलचलान भएका हुन् ।

गत जेठ २१ गते साथीहरु सँगै मिलेर खसी काटेर खाने गरी पिकनिक गएका पाण्डेय जेठ २२ गते मृत अवस्थामा फेला परेका थिए ।

घटना लगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरिक्षक निरन्जन घिमिरे नेतृत्वको टोली अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको थियो ।

मृतक पाण्डेकी श्रीमतीले घटना रहस्मय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिएकी थिईन ।

गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तरगत पर्ने गल्याङ नगरपालिका वडा नम्वर ५ सपौदेको भीरमापाण्डे मृत अवस्थामा फेला परेका थिए ।


अनुसन्धानका क्रममा उनीहरु बीचमा झगडा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रबक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

घटनाबारे थप जानकारीको निम्ति तलको लिन्कमा जानुहोला ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *