Home / Nepal / News / नेपालमा कोरोना भाइरसको नयाँ रेकर्ड, एकै दिन ७४० संक्रमित थपिए

नेपालमा कोरोना भाइरसको नयाँ रेकर्ड, एकै दिन ७४० संक्रमित थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरसका ७४० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७४० संक्रमित थपिएका हुन् ।

नेपालमा यसअघिसम्म उच्च एकदिनमा ६७१ कोरोना संक्रमित देखिएका थिए । आइतबार देशभर ४६३, सोमबार ४७६, मंगलबार ३१६, बुधबार ४८२ र बिहीबार ४७३ कोरोना संक्रमित फेला परेका थिए । 

कुल कोरोना संक्रमितको संख्या १५ हजार २५९ पुगेको छ ।

देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । 

हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि ६ हजार १४३ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८२३ जना डिस्चार्ज भएका छन् । 

हालसम्म देशभरका २३ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म दुई लाख ४२ हजार २४७ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ५६ हजार २९ जनाको आरडीटी परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ४८३ जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ३५ हजार ४७२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ८४ कोरोना संक्रमितहरु रहेका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *