Home / Nepal / बेवारिसे अवस्थामा २ लाख १९ हजार बराबरको मल प्रहरीले गर्यो बरामद

बेवारिसे अवस्थामा २ लाख १९ हजार बराबरको मल प्रहरीले गर्यो बरामद

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा रहेको मलखाद बरामद गरेको छ ।

प्रहरीले  २ लाख १९ हजार ३५० रुपैयाँ मूल्य बराबरको युरिया मल ८० बोरा, डीएपी मल ७७ बोरा र पोटास ३ बोरा बरामद गरेको हो ।

प्रहरीले सवारी जाँच गर्ने क्रममा लु१त ३८३३ र लु२च ७००३ नम्बरको सवारी साधनहरु सडकमै बेवारिसे अवस्थामा फेला पारी तलासी गर्दा उक्त सामानहरु फेला पारी बरामद गरेको हो ।

बरामद मल तथा सवारी साधनहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय तौलिहवा कपिलवस्तु पठाइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *