Home / Nepal / लेटाङ नगरपालिकाले विपन्न मजदुरहरुलाई दाल चामल लगायतका खाद्यन्न वितरण गर्ने

लेटाङ नगरपालिकाले विपन्न मजदुरहरुलाई दाल चामल लगायतका खाद्यन्न वितरण गर्ने


लेटाङ, १४ चैत । मोरङको लेटाङ नगरपालिकाले दैनिक ज्यालादारी गरेर जिविका चलाईरहेका विपन्न मजदुरहरुलाई दाल चामल लगायतका खाद्यन्न वितरण गर्ने भएको छ ।


लकडाउन अझ लम्बिन सक्ने भन्दै नगरपालकाका मेयर शंकर राईले नगरपालिका भित्र कोहि पनि जनता भाकै बस्न पर्ने अवस्था आउन नदिने बताउनुभयो ।


उहाँले स्थानीय सरकार जनताको सुरक्षाको निम्ती जस्तोसुकै कदम चाल्न तयारी अवस्थामा रहेको भन्दै लकडाउनका कारण काम गर्न नपाई खानाको ब्यवस्था गर्न नसकिरहेका मजदुरहरुलाई दाल,चामल लगायतका खाद्यबस्तु वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

Shankar Rai, Mayor, Letang Municipality


विपन्न मजदुरको लगत वडा कार्यालयले लिइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *