काठमाडौं, १४ चैत । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ । संक्रमणको पुष्टि भएसँगै उनी आइसोलेसनमा बसेका छन् ।
ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोनाभाइरस सङ्क्रमण भएको डाउनिङ्ग स्ट्रीटले जनाएको छ।
जोनसनले आफूलाई कोरोनाभाइरसका हल्का लक्षणहरू देखिएको र डाउनिङ्ग स्ट्रीटमै एक्लिएर बस्ने बताएका छन्।
एउटा वक्तव्यमा भनिएको छः “इङ्ल्यान्डका प्रमुख मेडिकल अधिकृतको व्यक्तिगत सुझावका आधारमा उनको जाँच गरिएको थियो।”
यद्यपि जोनसनले अझै यस महामारीसँग जुझिरहेको सरकार चलाइरहने उक्त वक्तव्यमा जनाइएको छ।
जोनसनले समेत यसबारे एउटा भिडिओ ट्विट गर्दै ‘एकसाथ भाइरसलाई परास्त गर्ने’ बताएका छन्।
उनको जाँच डाउनिङ्ग स्ट्रीटमै राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसका कर्मचारीहरूले गरेका थिए।
ब्रिटेनभरि ११ हजार ६ सय जनाभन्दा बढी कोरोनाभाइरसका घटना पुष्टि भएकामा हालसम्म ५७८ जनाले ज्यान गुमाएका छन्।






