Home / Nepal / आजबाट हावा पश्चिम बहने, सलह पनि पश्चिमतिर सर्ने अनुमान

आजबाट हावा पश्चिम बहने, सलह पनि पश्चिमतिर सर्ने अनुमान

काठमाडौँ । अफ्रिकी मुलुबाट पाकिस्तान, भारत हुँदै नेपालसम्म सलह कीराको प्रकोप देखा परिसकेको छ ।

हावा जता बहन्छ सलह कीरा पनि त्यही दिशातिर उडेर जाने भएकाले सलह आगमनमा मौसमले महत्वपूर्ण भूमिका खेल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    
    
सो कीरा हावाको दिशा पछ्याएर १०० देखि १३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । नेपालमा विगत दुई– तीन दिनदेखि मनसुनको अरेबियन शाखाबाट बहने पश्चिमी दक्षिणी–पश्चिमी वायुको प्रभाव रहेको बताइएको छ ।

जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३० देखि ४० किलोमिटर प्रतिघण्टा छ । मौसमविद्का अनुसार सोमबार र मङ्गलबार पूर्वबाट हावाको बहाव पश्चिमतिर बढी हुनेछ ।

उक्त दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने औँल्याइएको छ ।    


    
मङ्गलबार पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने छ । सो दिन जमिनको सतहभन्दा एक मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुनेछ ।

त्यसैले हावासँगै सलह  पनि पश्चिमतिर सर्ने अनुमान गरिएको छ ।    
    
सलह, फट्याङ्ग्रा प्रजातिको एक झुण्डमा (चारदेखि आठ करोड) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पति नष्ट गर्नसक्ने कीरा हो । यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाइदिन्छ ।

वरिष्ठ कृषि विज्ञ डा. केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ । यसले खाद्य बाली मात्र नभई रुखबिरुवा, बुट्यान सबै सखाप पार्छ ।

त्यसैले यसलाई खतरनाक कीरा प्रजातिका रुपमा व्याख्या गरिएको छ । सलहकाे जन्म मरुभूमिबाट भएको हो । यसलाई बढी सुख्खा वातावरण आवश्यक पर्छ ।    
    
सलहको जोखिम नेपालमा कस्तो होला    
    
सहल कीरा बढी सुख्खा ठाउँमा हुने कीरा हो । नेपालमा मनसुन शुरु भई निरन्तर वर्षा भइरहेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ ।

पानीले भिजेपछि ती कीराको जिउँ गह्रुँगो हुनाले उड्न सक्दैन । नेपालको पहाडी भूभागसम्म आइपुग्ने सम्भावना कम रहेको बताइएको छ ।    
    
यसले धेरै क्षति कसरी गर्छ    
    
यो कीराले प्रायः धेरैजसो बोटबिरुवा तथा वनस्पति खान्छ । प्रत्येक किराले प्रत्येक दिन आफ्नो तौल बराबर वनस्पति खाने गर्छ । त्यसैले यसको विकास छिटो हुन्छ र धेरै क्षति पु¥याउँछ ।

यो कीरा झुण्डमा हुने भएकाले क्षतिको प्रतिशत बढी नै हुन्छ । यसले बिरुवाको पात, फल, फूल, बोक्रा सबै नष्ट गरी क्षति पु¥याउँछ ।    

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *