Home / Politics / नेकपा विवाद : प्रधानमन्त्री ओलीले अटेर गर्दै बैठकबाट भाग्न खोजेको आरोप

नेकपा विवाद : प्रधानमन्त्री ओलीले अटेर गर्दै बैठकबाट भाग्न खोजेको आरोप

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद चुलिएसँगै जारी स्थायी कमिटीको बैठक तीन दिनको लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट भाग्न खोजेको आरोप लागेसँगै बैठक तीन दिनको लागि स्थगित भएको बताइएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले आजको बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रीत भएको भन्दै अर्को बैठक असार १६ गते बस्ने गरी स्थगित भएको जानकारी दिनुभयो ।

भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको उहाँले बताउनुभयो ।

हिजोको बैठकमा उपस्थित नभएपछि प्रधानमन्त्री ओलीको नेताहरुले चर्को आलोचना गर्दै बैठकमा सहभागी हुन माग गरेका थिए ।

नेताहरुको माग अनुसार आजको बैठकमा प्रधानमन्त्री ओली फोटो खिच्न सहभागी भएपनि लगत्तै काम भएको भन्दै बैठकस्थलबाट बाहिरिनुभएको थियो ।

बैठकमा पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल समुहका नेताहरुले प्रधानमन्त्री ओलीले पार्टीलाई अटेर गरेको आरोप लगाएका छन् भने ओली समुहका नेताहरुले बचाउमा उभिएको बताइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *