Home / World News / अमेरिकामा दुई करोड नागरिक कोरोना संक्रमणको चपेटामा पर्ने आशंका

अमेरिकामा दुई करोड नागरिक कोरोना संक्रमणको चपेटामा पर्ने आशंका

काठमाडौं । अमेरिकामा दुई करोड नागरिक कोरोना संक्रमणको चपेटामा पर्ने आशंका गरिएको छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले दुई करोडभन्दा धेरै अमेरिकी कोरोनाको चपेटामा पर्ने दाबी गरेको छ । 

सीडीसीका निर्देशक डा. रोबर्ट रेडफिल्डले बिहीबार मिडियासँग भने, “जब कोरोना संक्रमणको एउटा केस रिपोर्ट हुन्छ, त्यहाँ १० भन्दा बढी संक्रमण हुन्छ ।”

सीडीसीले अमेरिकामा धेरै युवामा संक्रमण देखिएको छ । तर यसको फाइदा युवामा संक्रमण हुँदा उनीहरुमा रोगप्रतिरोधात्मक क्षमता बढी हुने भएकाले मृत्यु दर कम हुने जनाएको छ । 

सीडीसीका संक्रामक रोग विशेषज्ञ डा. जय बटलरका अनुसार युवा यस रोगमा फस्नुको कारण उनीहरु वृद्ध जत्तिकै सावधानी अपनाइरहेका छैनन् ।

सीडीसी युवामा महामारीको बारेमा सचेतना जगाउन टिकटक जस्तो सोशल मिडिया प्लेटफार्महरूलाई प्रयोग गर्ने सोचमा रहेको बीबीसीले जनाएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *