Home / Nepal / संक्रमितको संख्या विश्वमा ९२ लाख ९६ हजार नाघ्यो

संक्रमितको संख्या विश्वमा ९२ लाख ९६ हजार नाघ्यो

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा ९२ लाख ९६ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ९२ लाख ९६ हजार २०२  पुगेको छ ।  

सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल छ ।

कोरोनाका कारण हालसम्म ४ लाख ७९ हजार १३३ संक्रमितको मृत्यु भइसकेको छ ।  

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणमा अफ्रिकाबाट अमेरिका तथा युरोपले सिक्नु पर्ने बताएको छ ।

यद्यपि पछिल्लो समय अफ्रिकन मुलुकमा पनि कोरोना तिव्र रुपमा फैलिरहेको छ । दक्षिण अफ्रिकामा कोरोना संक्रमितको संख्या १ लाख पुगिसकेको छ ।

अफ्रिका महादेशमा १ लाख कोरोना संक्रमित पुग्ने दक्षिण अफ्रिका पहिलो देश हो ।  

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *