Home / Nepal / News / नेकपा भित्र तीन गुट फेरि सक्रिय, कुन कुन नेता कता ?

नेकपा भित्र तीन गुट फेरि सक्रिय, कुन कुन नेता कता ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चर्किएसँगै स्थायी कमिटीमा रहेका नेताहरु पनि विभाजित भएका छन् ।

पार्टी एकीकरण भएपनि पूर्ववत तीन गुट नेकपाभित्र अहिले पनि सक्रिय रहेको छ ।

नेकपाभित्र पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालको गुट सक्रिय छ ।

स्थायी कमिटीमा नेताहरु तीन समुहमा विभाजित भएर आ–आफ्नो गुट प्रभाव बलियो बनाउने गृहकार्यमा जुटेका छन् ।

४५ सदस्यीय नेकपाको स्थायी कमिटीका नेताहरु बैठकमा आफ्नो प्रभाव देखाउन दौडधुममा जुटेका छन् । तीन वटै गुटको प्रभाव बलियो रहेको कारण दुई नेता मिल्ने वित्तिकै बहुमत पुग्ने गरेको छ ।

विगतमा ओली प्रचण्ड गुट मिल्दा नेपाल पक्ष अल्मतमा पर्ने गरेको थियो ।

तर यस पटकको बैठकमा भने नेकपाभित्रको समिकरण परिवर्तन भएको छ । प्रचण्ड र नेपाल पक्ष मिलेपछि ओली अल्मतमा परेका छन् ।

स्थायी कमिटी बैठकमा इतिहासमै ४५ सदस्यीय स्थायी कमिटीमा पूर्वएमालेबाट २६ र पूर्वमाओवादीबाट १९ जना सदस्य छन् । अग्नी सापकोटा सभामुख बनेपछि पूर्व माओवादी समुहमा एक सदस्य रिक्त रहेको छ ।

ओली समुहमा को–को ?
अवस्था हेर्दा ओली समूहमा १२ जना सदस्य रहेका छन् । केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ, सत्यनारायण मण्डल, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र विष्णु रिमाल रहनुभएको छ ।

प्रचण्ड समूहमा को–को ?
प्रचण्ड समुहमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थाप, गिरिराजमणि पोखरेल, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, पम्फा भुषाल, देव गुरुङ, हरिबोल गजुरेल, गणेश शाह, देवेन्द्र पौडेल, मातृका यादव, मणि थापा, लीलामणि पौडेल, लेखराज भट्ट, चक्रपाणि खनाल र शक्ति बस्नेत रहेका छन् । उद्यपी विगतमा प्रचण्ड समुह रहेपनि थापा र भट्टले आफूहरु प्रधानमन्त्रीको राजीनामाको मात्र विपक्षमा रहेको दावी गर्दै आएका छन् ।


नेपाल समुहमा को–को ?


यो समूहमा माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, बेदुराम भुषाल, घनश्याम भुषाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र मुकुन्द न्यौपाने रहेका छन् ।

Tagged:

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *