काठमाडौं । पाकिस्तानका १० क्रिकेटरलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । पाकिस्तानको क्रिकेट बोर्डले आफ्ना सात खेलाडीलाई कोरोना संक्रमण भएको पुष्टि गर्दै नाम सार्वजनिक गरेको हो ।
कोरोना संक्रमित हुने क्रिकेटरमा फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाज छन् ।
बोर्डले यस अघि सोमबार शादाब खान, हारिस रउफ र हैदर अलीलाई कोरोना संक्रमण भएको जनाएको बीबीसीले उल्लेख गरेको छ ।
कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएका खेलाडी २८ जुनमा इग्यान्ड जानेछन् । पाकिस्तान क्रिकेड बोर्डले तीन टेस्ट र तीन टि–२० म्याचका लागि इग्यान्डसँग प्रस्ताव गरेको छ ।
पाकिस्तानमा कोरोना संक्रमण फैलिरहेको छ । हालसम्म पाकिस्तानमा १ लाख ८५ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ ।






