Home / Politics / कमिसन मागिएको भन्दै दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा

कमिसन मागिएको भन्दै दीपक मनाङेले दिए संसदीय समितिबाट राजीनामा

पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिका सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएका छन् । मनाङेले समितिका सभापति दीपक कोइरालालाई शुक्रबार राजीनामा बुझाएका हुन् ।

मनाङेले समितिका सभापति दीपक कोइरालालाई शुक्रबार राजीनामा बुझाएका हुन् ।

“समितिको पावर नै रहेन छ, म योजना हेर्न गएँ सम्बन्धित विभागको डीजीलाई १० प्रतिशत कमिसन चाहिने रे, अर्कोलाई २० । यसरी त ४० प्रतिशत कम भइहाल्यो नि । त्यो रोक्न नसकेपछि हामी पनि त्यसको भागिदार देखिनेजस्तो भयो । अनि मैले राजीनामा दिएँ,” मनाङेले भने ।

नामको मात्र समिति भएको र कुनै पनि अधिकार प्राप्त नभएकाले औचित्यहीन समितिमा बस्‍न आफैंलाई लाज लागेर राजीनामा दिएको उनले सुनाए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *