Home / Politics / बिदेशी बुहारीले तत्काल पाउने ‘पिआर’मा के के सुबिधा हुनेछ ?

बिदेशी बुहारीले तत्काल पाउने ‘पिआर’मा के के सुबिधा हुनेछ ?

काठमाडौं । अगिकृत नागरिकता नपाएको अवधिसम्म नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार प्रदान गर्न स्थायी आवासीय अनुमति पत्र ( पिआर) प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

 स्थायी आवासीय अनुमति पत्र अंगिकृत नागरिकता नागरिकता प्राप्त भए पछि स्वतः खारेज हुने व्यवस्था गरिएको छ । 

जसअन्तर्गत निम्‍न अधिकारको उपभोग गर्न पाउने व्यवस्था गरिएको छ :

– चल अचल सम्पति आर्जन गर्न, भोग गर्न बेचविखन गर्न, व्यसायिक लाभ प्राप्त गर्न, र सम्पत्तिको अन्य कारोबार गर्न 
– पेशा र व्यवसाय सञ्‍चालन गर्न 
– उद्योग,व्यापार तथा व्यवसायको स्थापना र सञ्‍चालन गर्न,
– जन्म, मुत्यू, विवाह, सम्बन्ध विच्छेद, बसाईसराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न
– सेवाग्राहीको हैसियतले कानुन बमोजिमका निकायबाट प्राप्त गर्ने सुविधा, छुटजस्ता सेवा उपयोग गर्न
– कुनैपनि शैक्षिक संस्थामा अध्ययन गर्न, प्रमाणपत्र प्राप्त गर्न र अन्य आर्थिक, सामजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न
– राष्ट्रिय परिचय पत्र प्राप्त गर्न ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *