Home / Sports / पूर्व कप्तान सहित बंगलादेशका पाँच क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टि

पूर्व कप्तान सहित बंगलादेशका पाँच क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । बंगलादेशका पाँच क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बंगलादेशी क्रिकेट टिमका पूर्व कप्तान मशराफी मुर्तजा, नाजमुल इस्लाम, नसिफ इकवाल लगायत अन्य दुई क्रिकेट खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । 

मुर्तजाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “आज मेरो कोभिड–१९ को टेस्ट पोजेटिभ आयो । सबै जनता क्रिपया म चाँडो ठीक हुँ भन्ने प्रार्थना गर्नुस् ।”

हाल संसद् सदस्यसमेत रहेका मुर्तजाले अबका केही दिन आइसोलेसनमा बिताउने छन् । 

यसअघि पाकिस्तानी क्रिकेट टिमका पूर्व कप्तान शाहिद अफ्रिदीलाई पनि कोरोना संक्रमण भएको थियो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *