Home / Nepal / स्पेनिस ला लिगा फुटबल : बार्सिलोनालाई जित्नैपर्ने दबाब

स्पेनिस ला लिगा फुटबल : बार्सिलोनालाई जित्नैपर्ने दबाब

एजेन्सी । स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज (शुक्रबार) राति विभिन्न तीन खेल हुँदै छन् ।

आज हुने खेलमा शीर्ष स्थानको बार्सिलोनाले तेस्रो स्थानको सेभियासँग प्रतिस्पर्धा गर्दै छ । सेभियाको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ । 

आजको खेलमा बार्सिलोनालाई जित्नैपर्ने दबाब छ । आजको खेलमा जित निकाले बार्सिलोनालाई शीर्ष स्थानमा पाँच अंकको अग्रता मिल्नेछ ।

२९ खेल खेलेको बार्सिलोना ६४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेल खेलेको रियल ६२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 

सेभिया पनि आजको खेलमा बार्सिलोनालाई हराउँदै आफूलाई लिगमा बलियो बनाउने योजनामा छ । २९ खेल खेलेको सेभियाको ५१ अंक छ ।

आजै हुने अर्काे खेलमा मालोर्काले लेगानेससँग प्रतिस्पर्धा गर्दै छ । दुई टोलीबीचको खेल राति ११ः४५ मा सुरु हुनेछ । सोही समयमा ग्रानाडाले भिल्ला रियलसँग प्रतिस्पर्धा गर्दै छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *