Home / World News / भारतमा एकैदिन १३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए

भारतमा एकैदिन १३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिए

काठमाडौं । भारतमा एकैदिन १३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार संक्रमित थपिएका हुन् । 

अनलक्ड–१ मा गएपछि भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा फैलिरहेको बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४२ संक्रमितको मृत्यु भएको छ । 

भारतमा रेल सेवा सुरु भएसँगै कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा फैलिरहेको छ ।

सबैभन्दा धेरै कोरोना संक्रमण भएका देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा हालसम्म ३ लाख ६६ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

१२ हजार २३७ संक्रमितको ज्यान गइसकेको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *