Home / Society / कोरोना संक्रमणबाट पछिल्लो समय मृत्यु हुने दुबैजना सुदूरपश्चिमबाट

कोरोना संक्रमणबाट पछिल्लो समय मृत्यु हुने दुबैजना सुदूरपश्चिमबाट

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सुदूरपश्‍चमका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- २की ४३ वर्षीया महिला रहेका छन् । 

उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो । 

गोदावरी नगरपालिकाका पुरुषको सेती अस्पतालमा उपचारका क्रममा असार ३ गते साँझ मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 

त्यसैगरी लक्कीचुहाकी महिलालाई टाउकोमा चोट लागेपछि उपचारका लागि नेपालगन्ज ल्याइएको थियो । उनको असार २ गते कोरोना परीक्षण गरिएको नतिजा असार ३ गते पोजेटिभ देखिएको थियो । 

उनको असार २ गते नै निधन भएको जनाइएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *