Home / Society / दाङमा एक जोडीले गरे क्वारेन्टिनमै विवाह, वडा अध्यक्ष पुरोहित

दाङमा एक जोडीले गरे क्वारेन्टिनमै विवाह, वडा अध्यक्ष पुरोहित

दाङ । दाङमा एक जोडीले क्वारेन्टिनमै विवाह गरेको छ । उनीहरुको विवाह वडा अध्यक्षकै रोहबरमा भएको छ । 

घर सल्लाहमै जेठ ३२ गते बरपिपल साक्षी राखेर आफूले समामान्य मन्त्रोच्चारण गरेर विवाह गराई दिएको वडा अध्यक्ष भरत अर्यालले जनाकारी दिए । 
 

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बेलघारी क्वारेन्टिनमा बसेका उनीहरुको विवाह वडा अध्यक्ष अर्यालले गराई दिएका हुन् ।

भारतको दिल्लीबाट आएर  क्वारेन्टिनमा बसेका उनीहरु प्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको वडा अध्यक्ष अर्यालले बताए ।


उनले पीसीआर परिक्षण रिपोर्ट आएपछि विवाह गर्न सुझाए पनि आफूहरुको धर्म संस्कारमा ९ महिनामा विवाह गर्न नमिल्ने बताएपछि जेठ ३२ गते सामान्य ढंगले विवाह गराएको बताए ।

 उनीहरु जेठको पहिलो सातामात्रै भारतबाट आएर क्वारेन्टिानमा बस्दै आएका थिए ।

२४ दिन क्वारेन्टिनमा अलग्लै बसेका उनीहरुको रिपोर्ट विवाह गरेको एक दिनपछि असार १ गते सोमबार आएको छ ।

उक्त क्वारेन्टिनमा उनीहरुसँगै बसेका अन्य ४ जनाको रिपोर्ट पोजिटिभ आए पनि  नवविवाहित जोडीको रिपोर्ट भने नेगेटिभ आएको छ ।

रिपोर्ट नेगटिभ आएकाले घरमा अलग्गै एक सातासम्म सेल्फ क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको वडा अध्यक्ष अर्यालले बताए ।

उनले एक साता अलग्गै बसिसकेपछि मात्रै एकअर्काको सम्पर्क आउन दिने गरी पठाएको जानकारी दिए ।

उनीहरु घोराही १८ मितेरी अस्पताल क्षेत्रका बासिन्दा हुन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *