Home / Politics / भारतीय रक्षामन्त्री भन्छन् : नेपालसगको सम्बन्ध चाहेर पनि कसैले तोड्न सक्दैन

भारतीय रक्षामन्त्री भन्छन् : नेपालसगको सम्बन्ध चाहेर पनि कसैले तोड्न सक्दैन

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सासहितको संविधान संशोधन पारित गरेलगत्तै भारतीय रक्षामन्त्री तथा सत्तारुढ दलका वरिष्ठ नेता राजनाथ सिंहले नेपालसँग ‘रोटी और बेटीका रिश्ता’ रहेको बताएका छन्।

राजनाथ सिंहले सोमबार ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन्।

सोमबार उत्तराखण्ड जनसंवादलाई सम्बोधन गर्दै सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने लिंक रोडबारे नेपालमा असमझदारी पैदा भए पनि त्यसले दुई देशबीचको सम्बन्धमा असर नपर्ने दाबी गरे ।

रक्षामन्त्री सिंहले नै गत वैशाख २६ गते नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडकमार्गको उद्घाटन गरेका थिए। 

नेपालको दुवै संसदले नयाँ नक्सा पारित गरेर भारतसँग उच्चस्तरमा वार्ता गर्ने पहल भइरहेका बेला रक्षामन्त्रीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

नेता सिंहले नेपालसँग आध्यात्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्ध रहँदैआएको पनि बताएका थिए । उनले संवादको क्रममा नेपालमा रहेको पशुपतिनाथको पनि प्रशंसा गरेका छन् ।

 उनले ट्वीटमा लेखेका छन्, ‘बाबा पशुपतिनाथलाई हामीले कसरी बिर्सन सक्छौं । बाबा पशुपतिनाथ होस् वा हाम्रो काशी विश्वनाथ, सोमनाथ यी सबैलाई अमरनाथसँग कसरी अलग गर्न सकिन्छ रु यो सम्बन्ध यो लोकको होइन, म यो सम्बन्ध अर्कै लोकको हो भन्नेमा विश्वास राख्छु । यो सम्बन्धलाई कसैले चाहेर पनि परिवर्तन गर्न सक्दैन ।’

नेता सिंहले भारतको उत्तराखण्डमा महाकालीको भक्तहरु रहेको प्रसंग निकाल्दै गोर्खा भारतीय सेनाको पनि प्रशंसा गर्न भ्याए । 

जहाँ उनले नेपालसँग आध्यात्मिक सम्बन्ध रहेको र त्यसलाई केही गरेर पनि तोड्न सम्भव नभएको उनको तर्क थियो ।

भारतीय रक्षामन्त्री सिंहले गत वैशाख २६ गते भारतको धार्चुलाबाट नेपालको भूमि लिम्पियाधुरा हुँदै तिब्बत जोड्ने सडक उद्घाटन गरेका थिए ।

 नेपाल सरकारले त्यसमा आपत्ति जनाउँदै पत्र लेखेपछि उनले भारतले आफ्नै भूमिमा सडक बनाएको दावी गरेका थिए ।

सोही प्रसंगमा भारतीय सेनाका प्रमुख एमएम नाराभानेले भने नेपाललाई चीनबाट निर्देशित भएको आरोप लगाएका थिए ।

नेपालको संसदले उक्त नक्सालाई नेपाली भूमिमै समेटेर पारित गरिसकेपछि भने भारतीय रक्षामन्त्री, सेनाप्रमुख र भाजपाका अन्य नेताहरुले नेपालको प्रशंसा हुने किसिमका प्रतिक्रिया दिएका छन् ।

यद्यपि राजनाथ सिंहले लिपुलेकमा नेपालसँग उत्पन्न भएको सीमा विवाद वार्ताद्वारा नै हल गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *