Home / Society / वीरगंजमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि

वीरगंजमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि

वीरगन्ज । वीरगंजस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

अन्दाजी २५ वर्षीय युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको छ। डा. सिंहले युवकको प्रोटोकल अनुसार शव व्यवस्थापन गर्ने तयारी रहेको जनाए।

गत जेठ २८ गते वेवारिसे अवस्थामा युवकको शव घण्टाघर क्षेत्रमा भेटिएको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्। उनले युवकको बाँकी ठेगाना भने खुल्न बाँकी रहेको जनाइन्।

युवकको मृत्युपछि कोरोना पुष्टि भएकोबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको अस्पतालले जनाएको छ।

मन्त्रालयले भने यसबारे औंपचारिक जानकारी गराउन बाँकी छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *