काठमाडौं । वीरगञ्जका एक जना व्यापारीमा कोरोना संक्रमण देखिएको केहि संचार माध्यमले समाचार लेखेका छन् ।
रातोपाटी , न्युज 24 तथा अन्नपूर्णपोष्ट नामक मिडियाहरुले यस्तो समाचार प्रकाशित गरेका थिए।
रुङगटा ग्रुपका सदस्य वीरगन्ज १० आदर्शनगर निवासी ६७ वर्षीय शिवकुमार रुङगटा कोरोना भाइरसबाट संक्रमित भएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आइतबार साँझ आफ्नो आधिकारीक फेसबुक पेजमा पोष्ट गरेका हुन्।
कतिपय सञ्चार माध्यमले कोरोना भएको समाचार दिए पनि उनका भाइले कोरोना पुष्टि हुन बाँकी रहेको बताइएको छ ।
कोरोना संक्रमित भनिएका रुङगटालाई भारत बिहार पटनाको पीएमसीएच अस्पतालकै आइसोलेसन वार्डमा राखिएको पनि यादवले पोष्टमा लेखे पछि बिरगञ्जमा अहिले सन्त्रास छाएको छ । स्थानीय जनताले सरकारले नेपाल भारत सिमा बन्द गर्न ढिलाई गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘१२ दिन पहिले आफन्तको वैवाहिक समारोहमा कोलकत्ता गएका रुङगटा, त्यहाबाट दिल्ली गएका गएको अन्नपूर्णले समाचार लेखेको छ । उनी दिल्लीबाट साता दिन पहिले वीरगन्जस्थित घर फर्किएका रुङगटा अचानक बिरामी परेपछि उपचारका लागि ४ दिन पहिले बिहारको पटना गएको बताइएको छ ।
पटनाको अस्पतालले कोरोनाको आंशका लागेर भर्ना गर्न नमानेपछि आफूले नै फोनमार्फत भारतीय जनता पार्टीका नेतालाई भनसुन गरेपछि रुङगटालाई पटनाको पिएमसीएच अस्पतालले भर्ना गरेको यादवले बताएका छन्।
वीरगञ्ज महानगरपालिका – १० आदर्श नगर भएका एक जनामा कोरोनाको संक्रणम पुष्टि भएको हो ।
केही समयअघि दुवई गएर फर्किएका ती व्यक्तिलाई रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो । त्यहाँ जाँच गर्दा कोरोना संक्रमणको पुष्टि भएको हो ।
वीरगञ्जका एक व्यापारीलाई भारतको पटनामा कोभिड-१९ पुष्टि भएको समाचार आज एकाएक ‘भाइरल’ भएपछि प्रशासन आफैंले त्यसको खण्डन गरेको हो।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले आज साँझ काठमाडौंका केही सञ्चारमाध्यमलाई पटनामा उपचाररत वीरगञ्जमा एक व्यापारीलाई कोभिड–१९ भएका बताएका थिए।
तर, सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले यसको पुष्टि नभएको बताए।
“कन्फर्म केस रहेनछ, अन्तिम प्रतिवदेन आएको रहेनछ”, उनले भने, “परिवारका केही सदस्यबाट कोभिड-१९ भएको भन्ने खबर आएको थियो। हामीले बुझ्दा अन्तिम प्रतिवेदन आएको रहेनछ, थप समन्वय गरिरहेका छौँ।”







One Comment
पुष्टि भईसकेको छैन । कति हतार हो के घोषणा गर्न? यस्ले समाजमा कति आतंक फैलिएको सोचेको छ? यो फेक समाचार लेख्नेको घर परिवारमा कसैलाई पुष्टि नभई कोभिड-१९ को विरामी घोषणा गर्यो भने कस्सो महसुस गर्ला?