Home / Nepal / नेपाल भारत सीमाबाट लागु औषध सहित एक ब्यक्ति सशस्त्रको नियन्त्रणमा

नेपाल भारत सीमाबाट लागु औषध सहित एक ब्यक्ति सशस्त्रको नियन्त्रणमा

कलैया । सशस्त्र प्रहरी बलको सिमामा खटिएको टोलिले बिश्रामपुर गाउपालिका ३ स्थित खुदियाटोला दशगजा ईलाकाबाट लागु औषध सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरिको विओपि बरैनियाबाट खटी गएको सशस्त्र प्रहरी निरिक्षक नारायण सिह ऐरीको गस्ती टोलीले भारतबाट लुकाई छुपाई नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा ब्यक्ती सहित नियन्त्रणमा लिएको हो ।

२१ गते बुधवार बिहान छ बजे लागु औषध नाईट्रोजेपान ६०० गोटा र WIN CIREX १४७ बोटलसहित जिल्ला बारा विश्रामपुर गाउपालिका ३ मुसहर्वा बस्ने बर्ष १८ को धन्नजय यादबलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई थप अनुसन्धान तथा कारबाहीको बुझाईएको सशस्त्र प्रहरी बल बाराका प्रमुख गणपती दिग बिजय सुबेदिले बताए ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *