Home / Sports / फ्लोइडको मृत्युपछि क्रिस गेल र डारेन सामीद्वारा तीब्र विरोध

फ्लोइडको मृत्युपछि क्रिस गेल र डारेन सामीद्वारा तीब्र विरोध

लन्डन । अमेरिकामा अश्वेत जातिका नागरिक जर्ज फ्लोइडको मृत्युपछि खेलाडीहरुले रंगभेदको विरुद्धमा खुलेआम विरोध गरिरहेका छन् । क्रिकेटर क्रिस गेल र डारेन सामीले पनि यसविरुद्ध आवाज उठाएका छन् ।

वेस्ट इन्डिजका गेलले भने कि फुटबलमा मात्रै होइन, क्रिकेटलगायत सबै खेलहरुमा पनि जातिय भेदभाव छ । कति अश्वेत जातिका खेलाडीहरु यसको सिकार भए ।

यसअघि अमेरिकी टेनिस स्टार कोको गफ र पूर्व अमेरिकी बास्केटबल खेलाडी माइकल जोर्डनले पनि आक्रोस व्यक्त गरेका थिए ।

जर्मन बुन्डेसलिगामा समेत बोरुसिया डर्टमन्डका दुई खेलाडीहरुले जस्टिस फर फ्लोइड लेखिएका टि शर्ट लगाएर खेलेका थिए ।

गेलले उनको इन्स्टाग्राममा स्टोरी पनि लेखेका छन ।

गेलले उनको इन्स्टाग्राममा लेखे—कालो व्यक्तिको जीवन अरुको जीवन जत्तिकै अनमोल छ । अश्वेत मान्छेलाई फरक दृष्टिले हेरिन्छन् । मैले सम्पूर्ण विश्व यात्रा गरें । यस समयमा मैले धेरै जातीय कुराहरु सुनेको छु, किनकी म कालो हु । विश्वास गर्नुहोस् यो सूची बढ्दै जानेछ । यो समाज पहिले भन्दा बढी नै विभाजित भएको देखिन्छ ।
आईसीसी किन चुप ?

अर्का वेस्ट इन्डिजका क्रिकेटर डारेन सामीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) किन चुप भइरहेको भनेर प्रश्न गरेका छन् ।

सामीले बताए—काला मान्छेहरुले लामो समयदेखि संघर्ष गरिरहेका छन् । के आईसीसी र सबै अन्य क्रिकेट बोर्डहरु म जस्ता काला मान्छेलाई के हुँदैछ भनेर देख्नुहुन्न ।

अश्वेत जातिका लागि सामाजिक न्यायको लागि कुरा छैन । यो अमेरिका मात्र होइन, विश्वमै चुप छन् । यो चुप लाग्ने समय होइन, म तिमीहरुलाई सुन्न चाहन्छु ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *