Home / Nepal / News / प्रसुती गृहमा भर्ना भएकी गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

प्रसुती गृहमा भर्ना भएकी गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । काठमाडौंको थापाथलीस्थित प्रसुती गृहमा भर्ना भएकी एक गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत बुधबार उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई उच्च ज्वरो र पिसाब संक्रमण देखिएपछि आइसोलेसनमा राखिएको थियो ।

धादिङ ठेगाना भएकी २२ बर्षीय उनलाई कोभिड अस्तपाल पठाउन लागेको अस्पतालले जनाएको छ ।

अन्य अस्पतालले सुत्केरी गराउन नमाने अस्पताल आफैले सुत्केरी गराउने बताएको छ ।

गर्भवतीमा कोरोना पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक र नर्सको ट्रेसिङ भइरहेको छ ।

उपचारमा संलग्न पहिचान भएका जतिलाई क्‍वारेन्टाइनमा राखिसकेको पनि अस्पतालले जानकारी दिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *